करिब ३१ किलो गाँजासहित दुई जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी नगरपालिका-७ बस्ने ३३ वर्षीय शंकर स्याङ्तान र  ४० वर्षीय रामशरण प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.१ ह ८३२४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडी भागमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी अटो चालक शंकर र अटोमा सवार रामशरणलाई पक्राउ गरेको हो ।

ADVERTISEMENT

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *