काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोवर तथा अभिनेता सुनिल ग्रोवर नेपाल आउने हुनुभएको छ । उहाँ लाइभ प्रस्तुति दिन काठमाडौं आउन लाग्नुभएको हो । ‘सुनील ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रम नोभेम्बर २९ अर्थात् मंसिर १४ गते होटल एभरेस्टमा हुनेछ ।
लिक्विट इन्टिलिजेन्सले यो कार्यक्रम आयोजना गर्न लागेको हो । ग्रोवर यसअघि सन् २०१८ मा पनि नेपाल आउनुभएको थियो । त्यसबेला एक कार्यक्रममा कमेडी प्रस्तुति दिनुभएको थियो ।






