काठमाडौं । चितवनमा जन्मिएर हाल बेलायत बस्दै आउनुभएका डा.प्रदीप सापकोटा एक होनहार चिकित्सक हुनुका साथ-साथै मोडलिङ क्षेत्रका पनि एक उदयमान नक्षत्र हुनुहुन्छ । बेलायतको बासिल्डन युनिभर्सिटी हस्पिटलमा इन्टेन्सिभिस्ट्का रूपमा कार्यारत डा.सापकोटा सानैदेखि कला क्षेत्रमा पनि रुचि राख्नुहुन्थ्यो ।
केही वर्षअघि, नेपालमै कार्यरत हुँदा डा.सापकोटाले आफ्नो मोडलिङ यात्रामा पाइला टेक्दै गर्दा, अचानक कोरोनाको महामारी आएकाले आफ्नो सम्पूर्ण ध्यान चिकित्सा क्षेत्रमै लगाउन बाध्य बन्नुभएको थियो । अब भने निर्देशक कृष्ण पौडेलको आउँदो प्रोजेक्ट्बाट डा.सापकोटा कमब्याक गर्न लाग्नुभएको निर्देशक पौडेलले जानकारी दिनुभयो ।
सघन उपचार कक्षमा मृत्युसँग लडिरहेका बिरामीलाई उपचार गर्नेबाहेक दर्शन, साहित्य र राजनीतिमा उहाँको रुचि छ । ‘चिकित्सा पेश सँगसँगै कलाकारिता क्षेत्रमा आफूलाई संलग्न गराउँदै अघि बढिरहेको छु, यो मेरो रुचि र लागवको क्षेत्र हो’, डा.सापकोटाले भन्नुभयो, ‘म छिट्टै नै कृष्ण पौडेलको निर्देशन रहेको एक प्रोजेक्टमार्फत दर्शकमाझ आउँदै छु ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा