काठमाडौं । जीवन शाहीको निर्देशन रहेको गीत ‘त्यो पारी डाँडैमा हिउँ पर्यो’ सार्वजनिक भएको छ । वांग्याल लामा (योन्जन)को स्वर, कर्म लामा स्याङ्तानको शब्द रचना, विक्रम थापाको कम्पोज र बिशन मान्नधरको मिक्सिङ/माष्टरिङ एवं एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा सोम लामा र रेनुका लामालाई फिचरिङ गरिएको छ । दिपेश एसकेको कोरियोग्राफी रहेको भिडियोमा रशेम दलार्मीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता