हेर्यौँ झन्नै त्रिदशतक नै, देशको मन्त्रतन्त्र ।
रोगी ढोँगी निरस-मतुवा, चाहने एकतन्त्र ।।
मात्रै सत्ता-रमझम, यहाँ स्वार्थकै जल्पना भो ।
नातागोता अनुचर उठे, देश बर्बादमा गो ।। १।।
बाझ्ने जुध्ने जन-भ्रम छरी, देश ठग्ने निमोठ्ने ।
सोझा तल्ला, विकल जनतामात्र धेरै चिमोट्ने ।।
नारा छर्दै, धनपति बने, नक्कली दुष्ट-जेता ।
हामी भन्छौ ‘नव-भिजन’ मा, ओर्ल क्वै देशवेत्ता ।।२।।
भाते छाते, नव-अमिरले, गर्न सक्दैन राज ।
भोगी सोखी, छलपति हुँदा, कोष रित्तै छ आज ।।
देशै हाम्रो, असफल हुने, देख्न थाल्यौँ तमासा ।
हामी भन्छौँ, नव-मिसनमा’ ओर्लिद्यौ स्वार्थजेता ।।३।।
आफ्ना आस्था, युगयुग बचून्, मान-सम्मानसाथ ।
यात्रा भर्छाैं, अविचलित भै, एक हुन् पादहात ।
फुट्ने लुट्ने, मनमुटु ढली बन्नसक्छौँ विजेता ।
छामी छाती जनजन मिले झर्दछन् विश्वजेता ।।४।।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा