काठमाडौं । हास्य कलाकार तथा निर्देशक दमन रूपाखेतीलाई मातृशोक परेको छ । उहाँकी माता बोधकुमारीको बिहीबार दिउँसो उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।
८३ वर्षीया बोधकुमारीका चार छोरा छन् । दमन उहाँको साइँलो छोरा हुनुहुन्छ । बोधकुमारीकी छोरीको निधन भइसकेको छ भने उहाँले दुई वर्षअघिमात्र श्रीमान् गुमाउनुभएको थियो । उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts