काठमाडौं । बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता आज (शनिबार)देखि हुनेभएको छ । प्रतियोगितामा १४ स्पर्धामा १२७ खेलाडीको सहभागिता रहने टेनिसकी मुख्य प्रशिक्षक रेणुदेवी कोन्डाले जनाउनुभएको छ ।
यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ ब्वाइज/गल्र्स सिंगल्स तथा ब्वाइज/गल्र्स डबल्समा खेल हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी एक लाख ११ हजार रुपैयाँ रहेको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा होटल मिस्टिक माउन्टेनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता मंसिर १ गतेसम्म चल्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता