मस्कट । अफगानिस्तान ‘ए’ले पहिलो पटक इमर्जिङ एसिया कपको उपाधि जितेको छ । आइतबार राती अल इमिरेट्स रंगशालामा भएको फाइनलमा श्रीलंका ‘ए’ लाई सात विकेटले पराजित गर्दै अफगानिस्तानले पहिलो पटक उपाधि जितेको हो । यो अफगानिस्तान क्रिकेटको ऐतिहासिक जित हो । क्रिकेटको कुनै पनि फम्र्याट वा उमेर समूहको प्रतियोगितामा अफगानिस्तानले जितेको यो पहिलो उपाधि हो । अफगानिस्तान ‘ए’ टोली सन् २०१७ र २०१९ मा सेमिफाइनलमा पुगेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सात विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । अफगानिस्तानका लागि सेदिकुल्लाह अटलले अर्धशतकीय पारी खेल्नुभयो ।
फगानिस्तानका लागि सेदिकुल्लाह अटलले अविजित ५५ रन बनाउनुभयो । करिम जनातले ३३ रनको इनिङ खेल्नुभयो । मोहम्मद इशाकले अविजित १६ रन बनाउनुभयो । साहन अरचिगे, दुशन हेमन्था र इशान मालिंगाले एक-एक विकेट लिनुभयो । त्यसअघि श्रीलंकाका लागि साहान अरचिगेले टोलीका लागि महत्वपूर्ण इनिङ खेल्नुभयो । उहाँले ४७ बलमा ६४ रन बनाउनुभयो । पवन रत्नायकेले २० रनको योगदान दिँदा निमेश विमुक्तिले पनि २३ रनको इनिङ खेल्नुभयो । अफगानिस्तान ‘ए’ का लागि विलाल सामीले ३ तथा अल्लाह गजन्फरले २ विकेट लिनुभयो ।
सेमिफाइनलमा अफगानिस्तान भारतलाई र श्रीलंका पाकिस्तानलाई हराउँदै फाइनलमा पुगेका थिए । एसिसी पुरुष इमर्जिङ एसिया कपको यो छैटौँ सिजन हो । पाकिस्तान र श्रीलंकाले दुई-दुई उपाधि जितेका छन् । भारतले एकपटक जितेको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements