रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौंकाे माइतीघरमा आज प्रदर्शन गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । सभापति लामिछाने कात्तिककाे २ गते पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ पर्नुभएकाे थियाे ।

ADVERTISEMENT

अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि थप अनुसन्धान गर्न प्रहरीले बिहीबार पुनः ७ दिनको म्याद थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज