बुटवल-गोरुसिंगे सडक ६२ वर्षपछि स्तरोन्नति हुँदै, ६ लेनमा विस्तार गर्न काम सुरु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । देशकै पुरानो मुख्य महेन्द्र राजमार्ग (पुर्व-पश्चिम) विस्तारका लागी सडक विभागले काम सुरु गरेको छ । गत असारमा बुटवल-गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्ने गरि ठेक्का लगाई ४ कात्तिक देखि काम सुरु भैईसकेको छ । आयोजनाको पहिलो खण्ड बनाउनका लागी रु.१३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागेर पहिलो चरणका काम आरम्भ भएको बुटवल गोरुसिंगे सडक आयोजनाका प्रमुख तथा ईन्जिनियर कुशलता न्यौपानेले बताउनु भयो ।

न्यौपानेका अनुसार पहिलो खण्डलाई पनि टुक्राईएको छ । दुई चरणमा २५/२५ गरि ५० किलोमिटर सडक विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि रु.७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि रु.५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लगाईएको हो । पहिलो खण्डमा सडक विस्तार गर्नुको साथै सानाठुलो ३० वटा पुल निर्माण गरिने छ ।

ठेक्का सम्झौता अनुसार १५५ वटा कल्भर्ट तथा ६ वटा अन्टरपास र ओभरपास पनि निर्माण गरिने छ । चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन ईन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले निर्माणका लागि ठेक्का पाएको छ ।

ADVERTISEMENT

विश्व बैँकको ऋण सहयोगमा स्तरोन्नत हुन लागेको यो सडक भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तर्गत रहेर काम अघि बढेको हो । ६ लेन भित्र पर्ने संरचना हटाउनका लागि प्रक्रिया अघि बढेको र रुखहरु कटानका लागि वनबाट अनुमति भैसकेको आयोजनाले उल्लेख गरेको छ ।

क्षतिपुर्ति दिने गरि सडक भित्र पर्ने संरचना हटाउँने र छठपर्व लगत्तै निर्माणको काम सुरु गर्ने ईन्जिनियर कुशलता न्यौपानेले बताउनु भयो ।नारायघाट मुग्लिन सडक विस्तार जस्तो ढिला नहुने गरि यो सडक विस्तार हुने विश्वास न्यौपानेले दिनु भयो । ३ वर्ष भित्र निर्माण कार्य सक्ने गरि ठेक्का भएको उहाँको भनाई छ । तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने र ठुला सवारी चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

सडक विस्तारसँगै व्यापार-व्यवसायमा पनि सहज हुने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल-भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज