काठमाडौं । छैटौं संस्करणको ‘एफएलएफ अवार्ड’का मनोनय सार्वजनिक गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले आयोजना गर्दै आएको लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड’को नयाँ संस्करणका अमेरिकामा आयोजित एक कार्यक्रमबीच मनोनयन सार्वजनिक गरिएको हो ।
१७ विधामा प्रदान गरिने अवार्डको मनोनयन अनुसार निर्देशनमा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, चन्द्र लिम्बु मनोनयनमा पर्नुभएको छ । त्यस्तै नायिकामा विमला खजुम, बबिता फोम्बो, रूपा आङबुहाङ, बबिता नेयोङ, नायकमा मौसम इम्बुङ, सुमन थाम्सुहाङ, आशाहाङ आङबो, सञ्जीव लिम्बु हुनुहुन्छ ।
अवार्डमा गायन विधामा पुरुषतर्फ राजेशपायल राई, सुमन लिम्बु, असार सिङ निङ्लेखु छन् भने महिलातर्फ निरन्ता नेम्बाङ, मनु नेम्बाङ, अञ्जु पन्त, श्रेयसी चेम्जङ छन् । त्यस्तै गीतसंगीतमा रीता फोम्बो, कुल्बा सुब्बा, अशोक लोहरूङ, सुवर्ण नेम्वाङ छायांकनमा सम्राट कार्की, युवराज राई, रबिन्द्र बराल मनोनयनमा पर्नुभएको छ ।
मनोनयन सार्वजनिक कार्यक्रममा अमेरिकामा रहँदै आउनुभएका युवा व्यवसायी, सामाजिक अभियन्ता र कलाकार केशवराम राई प्रमुख अतिथ हुनुहुन्थ्यो । कार्यक्रममा जुरी प्रमुख निर्देशक किशोर सुब्बा, कलाकार तथा समाजसेवी ममता राई, निर्देशक गरचा किरातको पनि उपस्थिति थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा