मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा शिक्षामा सुधार ल्याउन दश बर्षिय शिक्षा योजना बनाउन थालेको छ । गुणस्तरीय शिक्षा,शैक्षिक क्षेत्रको बिकासको लागि छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको हो ।
छायाँनाथ रारा नगरपालिकामा ४५ वटा सामुदायिक बिद्यालय ४१ वटा प्रारम्भिक बालबिकास केन्द्र र ५ वटा समुदायमा आधारीत गरी ४६ वटा र ४ वटा संस्थागत बिद्यालय छन । नगरपालिका भित्रका रहेका विधालयहरुको शैक्षिक अवस्था खस्कदो अबस्थालाई मध्ययेनजर गदै छायाँनाथ रारा नगरपालिकाले शिक्षामा सुधार ल्याउन शिक्षा क्षेत्रको योजना बनाइ कार्यान्वय गर्न लागेको छ ।
छायाँनाथ रारा नगरपालिकाले आगामि दश वर्षभित्र सबै नागरिकलाई शिक्षामा पहुँचको अवसर प्रदान गरी, समतामुलक समावेशिताका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य सहित सिकाइमैत्री वातावरण निर्माण गरी व्यावसायिक, सीपमूलक र प्रविधिमूलक शिक्षामा जोड दिने र आधारभूत तहको शिक्षालाई, निःशुल्क, अनिवार्य, बालमैत्री, समावेशी तथा शिक्षामा पहुँच सुनिश्चित गर्ने योजनाका साथ छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयो ।
शिक्षा योजना निमार्णका लागि नगरपालिका भित्रका बिज्ञ सरोकारवालाहरु, शिक्षकहरुको सहभागितामा सुझाब संकलन गरि शिक्षा योजना निमार्ण गर्न गत सोमबार देखी ३ दिनसम्म छलफल,अन्तरकृया,नमुना योजना निर्माण थालिएको थियो ।
प्रराम्भिक बालबिकास,आधारभुत शिक्षा,माध्यामिक शिक्षा लगायत अन्य शिक्षा क्षेत्रको बिकासका लागि शिक्षा योजना अनिवार्य भएकाले छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको नगर प्रमुख भामको भनाई छ ।
छायाँनाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय लेखन समिती गठन गरीएको र लेखन समितिले आगामी तिन हप्ता भित्र सरोकारवाला निकायको राय सुझावका आधारमा छाायाँनाथ रारा नगपालिकाको शिक्षा योजना निमार्ण गर्ने जनाईएको छ ।
छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्ण पछी एक औपचारिक कार्यक्रमका बिच बाँकी विविध बिषयमा छलफल गरी पुर्णता दिने र त्यसपछी शिक्षा योजना कार्यपालिकाबाट अनुमोदन गरी छायाँनाथ रारा नगरपालिकामा लागु गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहिले बताउनु भयो ।
छायाँनाथ रारा नगरपालिकाको शिक्षा क्षेत्र योजना निमार्णका लागि युनिसेफ नेपालको आर्थिक र समाज जागरण केन्द्र (स्याकनेपाल) को प्राविधिक सहयोगमा शिक्षा योजना निमार्ण गर्न लागिएको हो ।
शिक्षा योजना निमार्णका लागि युनिसेफ नेपालका शिक्षा अधिकृत फर्सुराम पन्थ र समाज जागरण केन्द्र स्याक नेपालका एस।ई।एस।पि संयोजक हरि भक्त्त तिवारीले छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्णमा सहजीकरण गर्नु भएको थियो ।
विधालय शिक्षा सुधारका लागि विभिन्न क्षेत्रको सुधार गर्न ११ वटा क्षेत्र तोकेर सोही अनुसार विभिन्न समितिहरु बनाइ ती क्षेत्रहरुको हालको अवस्था,चुनौती,उदेश्य,रणनिती र १० भित्रमा कुन कुन सुचक कती कति एकाइमा नगरपालिकाले पूरा गर्ने भनेर समितिहरुले घनिभुत रुपमा छलफल र स्रोत खोजिनिती गर्दै प्राविधिक सहयोग कार्यशालामा नमुना क्षेत्र सुधार योजना तयार पारी प्रस्तुत गरेको समाज जागरण नेपाल ९स्याक(नेपाल०का शिक्षा अधिकृत नरेन्द्र रावलले बताउनु भयो ।
विगत वर्षहरुमा छायानाथ रारा नगरपालिकामा विना योजना शिक्षा क्षेत्र सुधारका कार्यक्रम,योजना संचालन हुँदै आएपनी अब देखि भने नगर शिक्षा क्षेत्र योजनाले लिएको लक्ष्य पूरा गर्ने गरि शिक्षाका गतिविधी,योजना,कार्यक्रम कार्यान्वयन गरिने छायानाथ रारा नगर पालिकाका उपप्रमुख ऎश्वर्या मल्लले बताउनु भयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts