अबुधाबी । महिला टी-२० वर्ल्डकपको उपाधिका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्ने भएका छन् । वेष्ट इण्डिजलाई ८ रनले पराजित गर्दै न्युजिल्याण्डले उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने तय गरेको हो । फाइनल खेल आइतबार हुनेछ । न्युजिल्याण्ड १४ वर्षपछि पहिलोपटक महिला टी-२० विश्वकपको फाइनलमा पुगेको हो । न्युजिल्याण्ड सन् २०१० यता पहिलोपटक विश्वकपको फाइनल पुगेको हो ।
त्यतिबेला उसलाई अस्ट्रेलियाले हराएको थियो । दक्षिण अफ्रिका भने गत वर्षको फाइनलमा अस्ट्रेलियासँग नै पराजित रहेको थियो ।
शारजाहमा भएको खेलमा न्युजिल्याण्डले दिएको १२८ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा १२० रनमात्रै बनाउन सक्यो ।
वेष्ट इण्डिजका लागि दिरेन्द्र डटइनले २२ बलमा सर्वाधिक ३३ तथा अफा फ्लेचरले १५ बलमा १७ रन जोड्नुभयो । कप्तान हेली म्याथ्युजले २१ बलमा १५ तथा जाइदा जेम्सले ८ बलमा १४ रन बनाउनुभयो । न्युजिल्याण्डका लागि इडन कारसनले ३, अमिली केरले २ तथा फ्रान जोन्स, लि तहुहु र सुजी बेट्सले समान १ रन बनाउनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो । न्युजिल्याण्डकी जी बट्सले २८ बलमा २६, जर्जिअ प्लामिरले ३१ बलमा ३४ तथा इसाबेल ग्रिनले २० रन बनाउनुभयो । वेष्ट इण्डिजकी दिरेन्द्र डटइनले ४, अफा फ्लेचरल २ विकेट लिनुभयो । दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा बिहीबार साबिक विजेता अस्ट्रेलियालाई पराजित गरेको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता