सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाजको आयोजनामा हुने मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको चौथो संस्करणको तयारी तीव्र पारिएको छ । चौतारा साँगाचोकगढी-७ मेलचौर दरबारडाँडा खेल मैदानमा कात्तिक ५ देखि हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विजेताले पाउने पुरस्कार रकममा तेस्रो संस्करणको भन्दा ४४ हजार ४४४ रुपैयाँ बढेको छ । गत संस्करणको विजेता रोयल फ्यामिली चौताराले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलकिपर, रक्षक, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ लाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै, फेयर प्ले अवार्ड पनि प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि कात्तिक ३ गतेसम्म पाँच हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा