बर्दिया । भारतिय वन रक्षकको गोली प्रहार बाट बर्दियामा एकजना गम्भिर घाइते भएका छन् ।
गुलरिया नगरपालिका–८ का ४० वर्षीय बलराम लोधमाथि आफ्नै खेतमा काम गरिरहेका बेला भारतिय वन रक्षकले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक फरेष्टरले गोली हानेको बताउनु भयो । उहाँकाअनुसार यस विषयमा भारतीय सुरक्षाकर्मी संग समन्वय गरी घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।
ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधको जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts