बर्दिया । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा बर्दिया टेनिस संघको आयोजनामा जिल्ला स्तरिय टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
जम्मा ६ वटा टिमले भाग लिएको सो प्रतियोगितामा तुलुमल्ल ठकुरी र झगेन्द्र थारुलाई हराउदै अर्जुन भुषाल र युवराज थारुको टिम प्रथम भएको थियो । पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार थारुले खेलकुदले अनुशासनको सुरुवात गराउने बताउदै खेलाडीको पहिचान गर्न र उनिहरुको मनोवल बृद्धि गर्न यस्ता खालको गतिविधिले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
सो अवसरमा गुलरिया नगरपालिका वार्ड न ४ का वडाध्यक्ष सुरेश गौतमले विकासको पाटो खेलकुद पनि भएको हुँदा स्वस्थ्य रहनका लागि खेलकुदमा पनि लगानी गर्नु पर्नेमा जोड दिनुभयो । निर्मांण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्तप्रकाश गिरीले खेलकुद सवैका लागि आवश्यक भएको हुँदा तिनै तहका सरकारले योजना बनायर अगाडि बढ्नु पर्ने र त्यसमा आफुहरुको पनि सहयोग रहने बताउनु भयो ।
प्रमाण पत्र तथा पुरस्कार वितरण समारोहमा बर्दिया टेनिस संघका अध्यक्ष दिपककुमार शर्माले गुलरिया नगरपालिकाको सहयोगमा टेनिस कोर्ड निर्माण गरी नयाँ खेलाडी उत्पादन गर्दै आइरहेको बताउँदै खेलको विकास गर्नका लागि सवैको सहयोग र सुझाव आवश्यक भएको बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts