✍️ शुरज थपलिया
मेरो घर डुबेको छ,
पीडा मलाई सोधन साथी
मेरा आफन्त मरेका छन्
त्यसमा त राजनीति नगरन साथी
अघिल्लो दिनबाट नै डुबेको छु,
तिमी निकै ढिला आयौं साथी
सहयोगी हात चाहिएको थियो,
तर, क्यामरा तेस्र्यायौ मेरो दुःख माथि ।
शव माथि शव थपिँदा पनि,
हात दिएनौं साथी
क्यामरा तेस्र्याएर हाम्रो दुख बेच्नु भन्दा,
ब्रू तिमी नआएकै जाति
बगिरहेको मानिस हेर्न सक्ने,
तिम्रो कस्तो रहेछ निर्मम छाति
आज त आयौं,
तर अब भिडियोका लागि मात्र नआउ है साथी ।
हाम्रो भिडियो हेरि रुने,
लाखौं भए रे साथी
कतिले त खोलामा घर बनाउनेको,
भने रे घर लग्यो ठिकै भो जाति
यसै यथार्थ नबुझी,
आरोप नलाउनुन साथी
हाड, छाला र रगत बेचेर,
लगानी गरेका छौं यो घर माथि
बगाएको घर बनाउन,
भोकभोकै, अनिदो सुतेको छु कैयौं राति ।
घर बनेको दश वर्षपछि,
२० मिटर छोड भन्छन् महानगरका साथी
पहिला जग्गा नाप्ने अमिन,
अनि सिफारिश गर्ने वडा पनि
महानगरकै हो साथी
हाम्रो पनि रहर होइन,
खोलाको छेउमा दुर्गन्ध खाइ बस्न
गरिब थिएँ दलालले,
सस्तो जग्गा भन्दै भिडाइदिए साथी ।
पीर पनि आफूलाइ नपरी,
थाहा हुन्न रैछ साथी
पैसाको केही महत्व छैन भन्न पनि,
आफूसँग टन्न पैसा चाहिने रहेछ साथी
बच्चा, आमा र बुढी बगाउँदा,
मलाई कस्तो भयो होला साथी
तिमी सोच्न पनि सक्दैनौं,
कस्तो बज्र पर्यो म माथि ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा