पेरिस । फ्रेन्च कप्तान किलियन एमबाप्पेले युइएफए नेसन्स लिगअन्तर्गत इजरालय र बेल्जियमविरुद्धको खेल गुमाउनु हुनेभएको छ । प्रशिक्षक डिडियर डेसच्याम्पले चोटका कारण एमबाप्पेलाई टोलीमा समावेश गर्नुभएको छैन ।
स्पेनिस ला लिगमा अलाभेसविरुद्धको खेलमा एमबाप्पे घाइते हुनुभएको थियो । उहाँको मांशपेशीमा समस्या देखिएको छ । चोटका कारण एमकबाप्पे ला लागिमा शहरी प्रतिद्वन्द्वी एटलेटिको मड्रिड तथा च्याम्पियन्स लिगमा लीलविरुद्धको खेल गुमाउनुभएको थियो । एजेन्सी ।






