काभ्रे । सूर्यप्रसाद लाकोजूको कवितासंग्रह ‘घामको पर्खाल’ एक कार्यक्रमका बीच लोकार्पण भएको छ । प्राडा.गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, प्राडा.कुमार कोइराला, साहित्यकार ध्रुव मधिकर्मी, कवि सूर्य लाकोजूले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियो । कायृक्रममा भीम काफ्ले, ध्रुवकृष्ण ताम्राकार, रविन्द्र आशिष शैली, महेश पौड्लले पनि आआफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने हरिप्रसाद चौलागाईं, ध्रुवराज थापा र पूर्ण श्रेष्ठ हृदयंकृतले ‘घामको पर्खाल’बाट कविता वाचन गरेका थिए ।
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घाम प्रिय कवि लाकोजूका यस अघि पाँचओटा मुक्तकसङ्ग्रह, पाँचओटा कवितासंग्रह चारवटा अनुसन्धानमूलक सांस्कृतिक निबन्धसंग्रह, तीनवटा जीवनीपरक कृति नौवटा बालसाहित्यका कृति, अनुवादका दुई कृति प्रकाशनमा आएका छन् । त्यस्तै संस्मरणको एउटा, एउटा नियात्रा, एउटा सिर्जना लेखन कला गरी करिब तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता