काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान)लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनुपर्ने सुझाब दिनुभएको छ । क्यानको शुक्रबारदेखि पोखरामा सुरु भएको साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताउनुभएको हो ।
‘युवा तथा उमेर समूहका खेलाडीहरूको उत्पादनमा क्यानले विशेष ध्यान दिनेछ भन्ने विश्वास छ । उमेरसमूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ ।’ सदस्य-सचिव घिसिङले भन्नुभयो, ‘यस्ता खेलाडी उत्पादन गर्नुस् जसले अहिलेका स्टार खेलाडीहरूलाई समेत झस्काउन सकुन् । घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनुपर्छ । क्रिकेट खेलको विकासका लागि साधारणसभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास छ ।’
सदस्य-सचिव घिसिङले नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै भन्नुभयो, ‘जिल्ला संघ बिस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रूपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभूत रूपमा अगाडि बढाएका छौं ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा