काठमाडौं । विशिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गर्ने हुनुभएको छ । यो जोडीले दशकपछि कात्तिक २९ गतेदेखि मंसिर २८ सम्म काठमाडौंको प्रज्ञा भवनसहित मोफलसलका सहरमा महजात्रा गर्न लाग्नुभएको हो ।
मानवसेवा आश्रम र मीरा फाउण्डेशनको सहयोगार्थ सुश्री मिडियाले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौंमा १२ र मोफसलका शहरमा १२ वटा कार्यक्रम तय गरिएको छ । महजोडीसहित किरण केसी, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, शिवहरि पौडेल, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभूषा बस्नेतले महाजात्रामा प्रस्तुति दिने जानकारी गराइएको छ ।
दमक, विर्तामोड, इटहरी धरान, विराटनगर, हेटौँडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी र पोखरामा पनि कार्यक्रम तय गरिएको छ । एक कार्यक्रमको अवधी दुई घण्टा ४० मिनेट रहने बताइएको ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा