काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृतिले विकास र समृद्धिको नयाँ यात्रा सुरु गरेको बताउनुभएको छ । काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिएको बताउनुभएको हो ।
‘राष्ट्रियता प्रवद्र्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रूपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ ।’
उहाँले खेल र संस्कृति दुवै क्षेत्र राष्ट्रियता प्रवद्र्धन, जनताको अनुशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको धारणा रख्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements