काठमाडौं । बद्री पंगेनी र रचना रिमालको स्वर रहेको लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ । कस्तुप पन्तको शब्द तथा संगीत र एचबिएन किस्मतको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
प्रशान्त मगरको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ । दिनेश पराजुलीको छायांकन र दीपक विष्टको सम्पादन रहेको गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता