काठमाडौं । नेपालकी एरिका गुरुङले २०औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपको महिला ६८ केजीमाथि फाइनलमा प्रवेश गर्दै इतिहास रच्नुभएको छ । फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गर्नुभएको छ । एसियाली सिनियर कराँतेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो ।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४-० ले पराजित गर्दै क्वाटरफाइनल पुग्नुभएको हो । क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी बेरुल्टसेभा हुनुहुन्थ्यो । एरिका र उहाँबीचको खेल १-१ को बराबरीमा टुंगिएको थियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी हुनुभएको हो । पहिलो अंक एरिकाले बटुल्नुभएको थियो ।
एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेनविरुद्ध आइतबार प्रतिस्पर्धा गर्नुहुनेछ । एरिकाको यो पाँचौँ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनै पनि प्रतियोगितामा एरिका पदकविहीन हुनुपरेको छैन । एरिकाले इण्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराँते च्याम्पियनसिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।
यी सबै प्रतियोगिता करिब एक वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो । कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका अन्य नेपाली खेलाडी भने प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले प्रतिस्पर्धा गर्नुभएको थियो । महिला ५५ केजीमुनि जिया कार्की र ६१ केजीमुनि निरूपा दोङको सहभागिता थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा