
काबुल । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको छ । जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको १०७ रनको लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हँुदै केवल १०६ रन बनाएको थियो । जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडि रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच