काठमाडौं । श्रीलंकामा हुने काभा यू-२० भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको छ । नेपाल भलिबल संघले बिहीबार काभाका लागि १२ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।
टोलीमा सुदूरपश्चिम, गण्डकी, लुम्बिनीका समान तीन खेलाडीले स्थान बनाएका छन् । यस्तै कर्णाली, मधेश प्रदेश र बागमतीका समान एक खेलाडीले अन्तिम टोलीमा स्थान बनाउन सफल भएका छन् । काभा यू-२० च्याम्पियनसिप अक्टोबर ४ देखि १२ सम्म श्रीलंकाको कोलोम्बोमा हुँदैछ ।
१२ सदस्यीय अन्तिम टोलीमा पहल गहतराज (कर्णाली), सुरेश मल्ल (सुदूरपश्चिम), शैलेन्द्र यादव (मधेश प्रदेश), सूर्य विक (गण्डकी), अर्जुन नेपाली (सुदूरपश्चिम), विश्वास अधिकारी (गण्डकी), सागर रसौली (लुम्बिनी), अशोक राना (सुदूरपश्चिम), जितबहादुर सार्की (गण्डकी), सुजन सुनार (बागमती), लेसमन राहादी (लुम्बिनी) र दिपेश कुँवर (लुम्बिनी) रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts