मुगुमा बोलेरो जिप दुर्घटना, एक जनाको निधन

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका-६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार बिहान करिब ८:३० बजेको समयमा बोलेरो जिप दुर्घटना भएको हाे ।

सोरुकाेट देखि गमगढी बजार तर्फ फर्किने क्रममा ग. १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुई जना मध्य जिप धनि आफै चालक रहेका सोरु गाउँपालिका-३ भिँईका नर बहादुर बुमिको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

इलाका प्रहरी चौकीकाअनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको, गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन ।

दुर्गम जिल्लाहरुमा प्रायः हुने सडक दुर्घटनाहरु साघुरा सडक, सेप्टिबाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *