काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनका विभिन्न शहरमा नेपाली लोक संस्कृतिको प्रदर्शन गरेको छ । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै कल्चरल ग्रुपले फ्रान्सको कास्ट्रेस सेन्ट गिरन्स, सेन्ट जुलियन, विक सुर सेरे, डेक्सलगायत शहरमा र स्पेनको लेस प्रिसेस तथा बार्सिलोनामा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । भिभिन्न शहरमा नेपालसहित विश्वका ४५ भिभिन्न देशका दुई हजारा बढी कलाकारले भाग लिएको थिए ।
एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र)को नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्य (सीता)को निर्देशनमा गएको टोलीको नृत्य निर्देशन नृत्य निर्देशक जोगेन्द्र केसीले गर्नुभएको थियो । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनांै नृत्य प्रदर्शन गरिएको कल्चरल ग्रुपका प्रमुख कोइरालाले जानकारी गराउनुभयो ।
मेलामा बाध्यवादक धनेस्वोर तिवारी, गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदनमान मुनिकार, कृष्ण रसाल, चूडामणि फुयाँल, शर्मिला तमाङ, चाहना रानामगर, अनिशा श्रेष्ठ, रमेशप्रसाद पौडेल डिपी कोइराला, प्रदीप तिमिल्सिना तथा बालकलाकार सिराज कोइरालाले भाग लिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts