
काठमाडौं । ग्लोकल प्रालिद्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ को उपाधि रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले जित्नुभएको छ । ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन् ।
ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीको सिर्जनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका व्यक्तित्वको उपस्थितिमा आइतबार अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
ग्लोकल टिन हिरोका अन्तिम छ प्रतिस्पर्धी आशिष पन्थी (प्राविधिक शिक्षक), कपिलवस्तुका निश्चल भट्टराई (शैक्षिक कार्यकर्ता), स्याङ्जाका पूर्णिमा तिम्सिना (बालअधिकार कार्यकर्ता), झापाका सजनी शर्मा (सामाजिक कार्यकर्ता), कास्कीका श्रीजय सुवेदी (प्राविधिक उत्साही) लाई चयन गरिएको थियो ।
घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुनुहुन्छ । उहाँले रुकुमबाट बालबालिका र किशोरकिशोरीको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आउनुभएको छ । बालअधिकार, मानसिक स्वास्थ्य, जलवायु र बाल विवाहविरुद्धको संघर्षमा उहाँको समर्पणले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षका रूपमा उहाँ बाल अधिकारको वकालतलाई अगाडि बढाउन प्रतिबद्ध हुनुहुन्छ ।
विश्वकर्मा विभिन्न संघ-संगठनसँग सहकार्य गर्दै यौन र प्रजनन् अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय र अनलाइन सुरक्षाजस्ता महत्वपूर्ण मुद्दामा सम्बोधन गर्नुहुन्छ । उहाँले बाल यौन शोषणविरुद्धको संघर्ष र रिपोर्टिङ प्रणाली सुदृढ पार्न शैक्षिक कार्यशालाको नेतृत्व गर्दै आउनुभएको छ, जसले युवा आफैंलाई र आफ्ना साथीहरूलाई सुरक्षित राख्न सशक्त बनाउँछ ।
जलवायु न्यायका लागि अभियन्ताका रूपमा उहाँ बालबालिकाको स्वस्थ वातावरणमा अधिकारबारेमा कार्यशाला आयोजना गर्नुहुन्छ, जसले भावी पुस्ताको सुरक्षा सुनिश्चित गर्न वातावरणीय दिगोपनाको महत्वलाई जोड दिन्छ । आयोजकका अनुसार यस वर्षको निर्णायक टोलीमा एस इन्ष्टिच्युट अफ मेनेजमेन्टका डाइरेक्टर आशिष तिवारी, कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, डब्लुडब्लुएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, नेपालका लागि युएन वुमनकी प्रतिनिधि, सुश्री प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा गु्रपकी डाइरेक्टर श्रीमती सीमा गोल्छा तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच