विन्डसर । साहित्य परिषद् भुटानको ३०औं वार्षिक अवसरमा क्यानाडाको विन्डसोर ओन्टारियोमा सम्पन्न भएको छ । क्यानाडा शाखाका खगेन्द्र गौतमको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । समारोहमा भुटानी समुदायका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
अर्जुन प्रधानलाई पत्रकारिता, केशव बैरागी माइलोलाई साहित्य तथा भाषा सम्पादन, अर्जुन रसाइलीलाई सांगीतिक, कृष्ण दंगाल र गोमा अधिकारीलाई नेपाली कक्षा सञ्चालन, आरबी खड्का र डिपी ओस्तीलाई गीतसंगीत र साहित्यमा योगदान पुर्याएको भन्दै सम्मान अर्पण गरिएको थियो । उहाँहरूलाई समारोहकका प्रमुख अतिथि साहित्यकार गीता खत्री र सस्थांका अध्यक्ष खग्रेन्द्र गौतमले सम्मानपत्र अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा ‘प्रहेलिका’ उपन्यासका लागि जेएन दाहाललाई ‘हिमटीका आख्यान पुरस्कार’ प्रधान गरिएको थियो । प्रत्येक तीन वर्षमा भुटानी समुदायका लेखकलाई दिइने सो पुरस्कार दाहाललाई एक हजार एक सय डलर नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा डा.लक्ष्मी नारायण ढकालले ‘भाषाको समस्या र सामाधानको दिशा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भक्त घिमिरेले ‘देश सम्झने प्रस्तावना’ र भोला सुवेदीको ‘हाम्रो भाषा संस्कृति र पहिचानको ‘लक्ष्य चिन्तन’ विषयमा तीन कार्यपत्र प्रस्तुत भएका थिए ।
बाल प्रतिभाहरू क्षितिज गौतम र निकुम्ज आचार्यले संयुक्तरूपमा कविता वाचन गर्नुभएको थियो भने रिया र रिदम रिजालले ‘फूलको आँखा’मा गीत प्रस्तुत गर्नुभएको थियो । गायक तथा संगीतकार अर्जुन रसाइली र मनोज राईले भाषा र साहित्यमा योग्दान पुर्याउने स्रस्टाको सम्मानमा गीत गाउनुभएको थियो । यस्तै संस्थामा योगदान गर्ने पुर्याउने सदस्यहरू भोला सपाकोटा, डा.लक्ष्मीनारायण ढकाल, भवानी अधिकारी, मनोज राई, लीला निशा र खेम साण्डिल्यलाई पनि समान्न गरिएको थियो ।
उक्त अवसरमा स्व.देविभक्त लामिटारेकृत ‘दन्किँदो भुटान’, बी.पी शर्माकृत ‘म सिंगै हराउन लागिरहेको छु एउटा शहरभित्र’, तुम्बेहाङ लिम्बु कृत ‘आगोको बिउ’ र हेम गुरगाईंद्वारा अनुदित पुस्तक ‘दि प्लिग–विटनेस्’को लोकार्पण गरिएको थियो । लेखक र प्रकाशकहरूले आ-आफ्नो कृतिको बारेमा भुटानी साहित्यको विकास र संरक्षणमा नेपाली भाषी भुटानी पाठकको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नवीन प्राचीन, विश्वास लामा, ओम ढुंगेल, जय हुमगाईं, मदन दुलाल, भरत तिम्सिना, धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ मदन दुलाल, तुलसा अधिकारी, सिद्धान्त ढुंगाना, हर्षित सिग्देल लगायतका नयाँ र पुरानाका स्रष्टाहरूले रचन वाचन गरेर कार्यक्रमको गरिमा बढाउनुभएको थियो । स्थानीय कलाकारहरूले नृत्य तथा गीतसमेत प्रस्तुत गरेका थिए ।
समारोहको प्रमुख अतिथि गीता खत्रीले आफ्नो कवितामार्फत नेपाली स्रष्टा र नेपाली भाषी भुटानीबीचको प्रगाढ सम्बन्धले साहित्य विश्वभर फैलिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा अष्ट्रेलियन राजनीतिमा काम गरिसक्नु भएका ओम ढुंगेल, इन्द्रकुमार तिम्सिना, ओहायो सिटिकाउन्सिलर भुवन प्याकुरेल, अनेसासका पूर्वअध्यक्ष गोवर्धन पूजा, विमला ढुंगाना, इन्द्रकुमार तिम्सिना, दीपा राई पुन, डा.गोविन्दसिंह रावत, चित्र प्रधान, राम खत्री, लीला निशा, कलाकार मनोज राईलगायत अमेरिका र क्यानाडाबाट तीन दर्जनभन्दा बढी स्रष्टा सर्जकको उपस्थिति थियो ।
संस्थाका केन्द्रीय अध्यक्ष गंगा लामिटारेले एक्लै यो भाषा साहित्यको लडाइँ अघि बढन नसक्ने भन्दै यसलाई बचाउन र अघि लान नयाँ पुस्तलाई आउन आग्रह गर्नुभयो । लामिटारेले नेपाली भाषा, साहित्य र संगीत मासियो भने भुटानी संस्थापनले जितेको ठहरिने भएकाले यो जोगाउन सबैले लाग्नुपर्नेमा जोड दिनुभएको थियो । स्थापनाकालदेखिकै सक्रिय लामिटारेले परिषद् अघि लान २५ हजार डलरको अक्षय कोषका लागि रकम दिने वचनबद्धता व्यक्त गर्नुभएको थियो । समारोहमा भुटानी साहित्यमा नयाँ ऊर्जा र प्रेरणा थप्न महत्वपूर्ण योगदान पुर्याएको सचिव खेम रिजालले बताउनुभयो ।
भाषाका महत्वपूर्ण कृतिहरू नेपाली भाषामा र नेपालीका कृतिहरू अन्य भाषामा अनुवाद गर्ने स्रष्टाका लागि पाँच हजार अमेरिकी डलरको अनुवाद पुरस्कारको स्थापनाको घोषणा पनि गरिएको थियो । प्रत्येक तीन वर्षमा प्रदान गरिने उक्त पुरस्कारको स्थापना व्यवसायी प्रकाश अधिकारी (ओम गोरखाली)ले गर्नुभएको थियो भने गजलकार तथा सहयोगी धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ले पनि प्रत्येक वर्षको कार्यक्रमा डलर एक हजार प्रदान गरिने घोषण गर्नुभएको थियो ।
बस दुर्घटनाबाट तीन महिनाअघि बित्नुभएका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर तथा कृषि वैज्ञानिक डा.गोविन्द रिजाललाई श्रादाञ्जलि अर्पण गर्दै सुरु भएको कार्यक्रमलाई लेखक खेम रिजाल र डिबी होस्तीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्षितिज गौतमले ‘भुट्निज लिट्रेचर’ साइटका विषयमा चर्चा गर्नुभएको थियो । चार हजारभन्दा धेरै सिर्जना संकलन गरी सकेको साइट साहित्य परिषद्को सञ्चालनमा पन्ध्र वर्षदेखि निरन्तर चल्दै आएको छ ।
परिषद्का निर्देशक भानु ढुंगानाले सहभागीहरूलाई स्वागत गरेको कार्यक्रमको सभापतित्व गर्नुभएका अर्का निर्देशक खगेन्द्र गौतमले कार्यक्रम आयोजना गर्न मद्दत गर्ने सबैलाई दिँदै सहभागीप्रति आभार व्यक्त गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts