काठमाडौं । द चाँदबाग स्कुलले ३०औँ ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चाँदबागको ब्वाइज र गल्र्स दुवै टोली जित निकाल्न सफल भए । ब्वाइजमा चाँदबागले रेडियन्ट पब्लिकलाई ३२-३० को झिनो अन्तरले पराजित गर्यो । चाँदबागका सुशन न्यौपानेले १४ अंक जोड्नुभयो ।
गल्र्समा चाँदबागले पाठशाला, वानेश्वरलाई २६-८ ले सहजै हरायो । चाँदबागकी सौर्य बाराकोटीले १४ स्कोर गर्नुभयो । गल्र्सको अर्को खेलमा एसएसएसभिएमले लिटिल एन्जल्सलाई २५-१५ ले पाखा लगायो । विजयी टिमका लागि नम्रताले २२ अंक बटुल्नुभयो ।
ब्वाइजमा ओएसिसले पाठशाला, वानेश्वरलाई ३९-२४, एलआरआइले मल्पीलाई ५२-३६ र जेम्सले आइडियल मोडेललाई ४८-७ ले पन्छाए । ओएसिसका सफलले १९, एलआरआईका मन्दिप गुरागाईंले ३२ र जेम्सका नेल्सन श्रेष्ठले १५ अंक जोड्नुभयो ।







Breaking news with related posts