काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौं र नवपुस्तकालय ज्येष्ठ नागरिक समाजको आयोजनामा मानव पुस्तकका मानसपुत्र-मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका सर्वपक्षीय संस्थापकद्वय संरक्षक अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल र नव पुस्तकालय तथा ज्येष्ठ नागरिक समाजका संस्थापक अध्यक्ष तथा साहित्यकार विष्णुप्रसाद पन्तमध्ये हरिभक्त सिग्देलको सभापतित्व, प्रा.डा ऋषिराम पोख्रेलको प्रमुख आमन्त्रित आतिथ्य, पूर्वसशस्त्रप्रहरी महानिरीक्षक शैलेन्द्र खनालको विशिष्ठ आतिथ्य, गजलकार तथा कवि सुशीला शर्मा धमलाको सञ्चालनमा मानव पुस्तक कार्यक्रम आयोजना भएको थियो । वरिष्ठ युरोलोजिष्ट तथा साहित्यिक व्यक्तित्वका धनी प्राडा.अर्जुनदेव भट्टको सशक्त मन्तव्यसँगै प्रमुख र विशिष्ठ अतिथिका विश्लेषण र विचारोत्तेजक अनुभवका अभिव्यक्तिपछि रचनावाचनको दोस्रो चरण सुरु भएको थियो ।
रचनावाचकहरूमा-सुनील अधिकारी, नीलञ्जला भारद्वाज, पदम दाहाल, चेवन बस्नेत, महेशप्रसाद रिजाल, छत्रपति दाहाल, तेजनाथ दंगाल, उषा बस्ताकोटी, रामचन्द्र घिमिरे, निशा न्यौपाने, उत्तम भट्टराई, मिशन अधिकारी, महादेव अधिकारी, सम्पादिका ढुंगाना, भैरवी भूगोल, भोजराज रेग्मी ‘मुखाले’, सुन्दर खड्का, नवराज भट्ट, सावित्री अधिकारी, कृष्णप्रसाद बस्याल (शुभकामना मन्तव्य), कल्पना दाहाल तथा सुशीला शर्मा धमला रहनुभएको थियो । कलानिधि दाहालको धन्यवाद ज्ञापनपछि सभापतिको मन्तव्य, रचनावाचन एवं कार्यक्रम समापन भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता