
काठमाडौं । प्रथम इण्डिया नेपाल रोलर स्केटिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको पश्चिम बंगालस्थित नाडिया प्रस्थान गरेको छ । अगष्ट २४ तारिखमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा ज्ञान संस्कार इन्टरनेसनल स्कुलबाट रोज बडू, काश्भी भट्टराई, समन पाण्डे, श्लोकसेन थापा, समिरन भुसाल, जुन बडू, जियाना अर्याल र स्नेहा पाण्डे तथा विल्सन एकेडेमीबाट स्वराज भारती, प्राञ्जल गिरी र समिश्रण थापा रहनुभएको छ ।
शिव नर्सिङ शिक्षालयबाट आशिया तामाङ, विमस शाही, रेमन गुरुङ र सात्भिक मल्होत्रा रहनुभएको छ । ट्रिटन इन्टरनेसनल स्कुलबाट आयुश सिटौला र सुमित ठाकुर तथा अन्यबाट इमोन यादव र श्रीवत्स श्रेष्ठ हुनुहुन्छ ।
टोली प्रमुखमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा अभिषेक मानन्धर तथा प्रशिक्षकमा अनिल तामाङ र राहुल खत्री क्षेत्री रहनुभएको छ । टोलीसँगै ज्ञान संस्कारकी प्रिन्सिपल निलम बडू र शिक्षिका सानी महर्जन पनि भारत प्रस्थान गर्नुभएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य नन्दा बस्यालले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच