काठमाडौं । टेलिशृंखला ‘हरेक पल’ले रजत महोत्सव मनाएको छ । डी एण्ड डी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत् हरेक बिहीबार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिशृंखलाले २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको हो ।
यो टेलिशृंखलाले सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको कलाकार तथा यो शृंखलाका निर्माता राजकुमार देवकोटाले बताउनुभयो । आफूले निर्माण गरेको टेलिशृंखलाले २५औँ शृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुसी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा व्यक्त गर्नुभयो ।
समसामयिक विषयवस्तुमा आधारित टेलिशृंखला ‘हरेक पल’ को निर्देशन सुरेन्द्र थापाले गर्नुभएको हो । यो शृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियार, बेगम पुन, सुदर्शन खतिवडा, मोहन लामा, सुमन पौडेललगायतका कलाकारको अभिनय छ । यो शृंखलामा बाल कलाकारहरू संस्कृति नेपाली तथा समर्पण खतिवडाले पनि अभिनय गर्नुभएको छ । डी एण्ड डी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको यो टेलिशृंखलामा निर्देशक सुरेन्द्र थापाकै लेखन छ ।
रविन्द्र खड्काको सम्पादन तथा कलर ग्रेडिङ रहेको यो शृंखलाका छायांकार ज्ञानकुमार कट्टेल हुनुहुन्छ । शृंखलामा सञ्जय श्रीपालको शब्द तथा संगीतमा तयार भएको गीतमा गोविन्द मधुर आचार्य तथा बिना भट्टराईको स्वर सुन्न सकिन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts