काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उपप्रमुख कार्यकारी अधिकृतद्वय (डिसिइओ)मा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । अमात्यले साउनदेखि १ गतेदेखि र पौडेलेले भदौ ५ गतेदेखि डिसिइओको जिम्मेवारी सम्हाल्नुभएको हो ।
पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्नुभएको हो । कम्पनीको डिसिइओमा नियुक्त हुनुअघि अमात्य कम्पनीको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । जीवन बिमा व्यवसायबाटै बिमा क्षेत्रमा प्रवेश गर्नुभएका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ सालदेखि २०७४ सम्म काम गर्नुभएको थियो । उहाँ सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गर्नुभएको थियो ।
त्यसैगरी आइएमई र जिएमई मर्जरपछि पौडेल आइएमई लिमिटेडको सिइओबाट बिदा भएर आइएमई लाइफमा प्रवेश गर्नुभएको हो । आइएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहँदै आउनुभएका उहाँसँग रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा अनुभव छ । आइएमई ग्रुपले प्रवद्र्र्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सोलुसनलगायतका कम्पनी सञ्चालकका रूपमा समेत पौडेल कार्यरत हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए फाइनान्स गर्नुभएका पौडेलले भारतको अहमदावादस्थित इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्षमा अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्ष पनि गर्नुभएको छ । उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवका आधारमा कम्पनीले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने उहाँले बताउनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा