सर्लाही । नेपाली कांग्रेसका सर्लाही ,रौतहटका नेताहरू तथा उखु उत्पादक किसानले कृषि तथा पशुपन्छी मन्त्री, रामनाथ अधिकारीलाई उखु उत्पादक किसानहरूको लागि नेपाल सरकारले दिने अनुुदान समयमा दिन आग्रह गर्दै मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बुुधवार मन्त्रालय पुगेर मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । सर्लाहीजिल्ला समन्यन समितिका समापति तथा नेपाली कांग्रेस सर्लाहीका नेता कौशल किशोर सिंहको नेत्रित्वमा ज्ञापनपत्र बुझाएको हो।
अघिलो आर्थिक वर्षमा बेचेको उखुको समेत अनुदान पाउन नसकेकोले समयमा किसानलाई अनुदान दिन किसानले माग गरेका छन् । उनीहरूले उखु उत्पादनलाई कृषि आधुनिकीकरण कार्यक्रममा समावेश गरेर किसानहरूलाई सरकारबाट आवश्यक सहायता प्रदान गर्ने अपील गरेका छन्।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ– उखु किसानहरूको स्थिति सुधार्न र उनीहरूको उत्पादनको वृद्धि गर्न सरकारले विशेष योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ।
कृषकहरूको स्वास्थ्य र आर्थिक समृद्धिका लागि उखु उत्पादनलाई प्राथमिकता दिँदै नयाँ नीतिहरू र कार्यक्रमहरू लागू गरिनु पर्नेमा जोड दिइएको छ।
मन्त्री अधिकारीले ज्ञापनपत्रलाई गम्भीरतापूर्वक लिएर यस विषयमा आवश्यक निर्णय लिनुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कृषकहरूको समस्यालाई सम्बोधन गर्न र उखु उत्पादनलाई समर्थन गर्ने तर्फ समर्पित ध्यान दिने आश्वासन दिनुभएको छ ।
ज्ञापनपत्र बुझाउने टीमले मन्त्री अधिकारीलाई यस विषयमा गहिरो ध्यान दिने र जल्दै सकारात्मक निर्णय लिनु पर्ने विश्वास व्यक्त गरेका छन् । यस प्रकारका पहलहरूले किसानहरूको जीवनस्तर सुधार्न र कृषिमा समृद्धि ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता