तामझामका साथ शिलान्यास भएको खजुरा खोला पुल अलपत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ५ र १६ जोड्ने खजुरे खोलाको पुल निकै तामझामका साथ शिलान्यास गरिएको पुल अलपत्र बनेको छ । ०७९ चैत्र १२ गते नवलपरासी क्षेत्र नम्बर १ का बाट निर्वाचित संघीय सांसद विनोद कुमार चौधरीले शिलान्यास गर्नु भएको थियो । शिलान्यास गर्ने क्रममा निकै चर्चा र तामझाम पाएको खजुरा खोला पुल अलपत्र बन्दा स्थानीय निराशा भएका छन् ।

२०७७ साल पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग ठेक्का सम्झौता भइ २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । नौ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो । ७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन ) तयार भएको छ । बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताउनु भयो ।

सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको र अहिले चालू आर्थिक बर्षमा ४७ लाख मात्र बिनियोजन भएकोमा ठेकेदारले फाउन्डेसनकै काम  सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाँकी रहेकाले चालू आवको बजेटसमेत भुक्तानी भैसकेको ईन्जिनियर भण्डारीले जानकारी दिनुभयो ।  "अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै बिनियोजन  भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाकी थियो त्यो भुक्तानी दिँदा अब ११/१२ लाख मात्रै बाकी होला ।" भन्डारीले भन्नू भयो ।

ADVERTISEMENT

काम सुरु भइ पुल निर्माण कार्यले गति लिन नसकेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता र पहल पछि ठेकेदार कम्पनीले केही दिन काम गरेर पहिलो फाउन्डेसन तयार गरेको थियो । हाल बजेट नै बिनियोजन नभएका कारण पुल निर्माण कार्य ठप्प छ ।

पुल नहुँदा  घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ । पुल निर्माण पछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुन्छ । तर पुल निर्माण कार्य अलपत्र बन्दा स्थानिय निरास बनेका छन् । अब पुलका लागि थप बजेटको सुनिश्चितता नभइ निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज