क्यानडा । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आबद्ध टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टी-२० लिग उपाधि जितेको छ । फाइनलमा साबिक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरोन्टोले उपाधि जितेको हो । ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गर्यो ।
टोरोन्टोका लागि आन्द्रिस गोसले ५८ र रासेइ भान डेर दुसेनले ३० रन बनाउनुभयो । मोन्ट्रियलका अजमतुल्लाह ओमर्जाई र कोर्बिन बोशले एक/एक विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो ।
जसमा कोर्बिनले सर्वाधिक ३५ रन बनाउँदा जसकरण सिंहले १६ र अनुप रविले १० रन बनाउनुभयो । टोरोन्टोका जसन बेहरेन्डोर्फ ३, रोमारिओ शेफर्डले २, जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता