काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) टिमको नाम सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमबीच आयोजक इन्फिनिटी ड्रिम्सले ६ फ्रेन्चाइज टिमको घोषणा गरेको हो । काठमाडौं, ललितपुर, गण्डकी, चितवन, कर्णाली र मधेशबाट टिम राखिएको छ ।
इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि सम्झौता गरिसकेको छ र लिग गरेबापत वार्षिक २५ लाख भलिबल संघलाई दिनेछ ।
टिम काठमाडौंको प्रवद्र्धकमा शरदकृष्ण टिबरेवाला, टिम ललितपुरको प्रवद्र्धकमा अनुज एम तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल), टिम मधेशको प्रवद्र्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल, टिम गण्डकीको प्रवद्र्धकमा सौरभ केडिया, टिम चितवनको प्रवद्र्धकमा निम्बस होल्डिंग्स र टिम कर्णालीको प्रवद्र्धकमा राजेश बगडिया एवं प्रतीक अधिकारी हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts