काठमाडौं । ‘मिष्टर नेपाल २०२४’ का ३८ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । देशभर आयोजित अडिशनमा हजारौ सहभागीबाट ३८ प्रतियोगी छानिएका हुन् । छानिएका प्रतियोगीमा विशेष खड्गी, पियुष श्रेष्ठ नवराज प्रसाई, आयुष दुलाल, श्रीजल शाक्य, सत्यम पाठ, सक्कर बाजीमाया (काठमाडौं), अग्रज श्रेष्ठ (सुनसरी), सत्यनारायण चौधरी (नेपालगञ्ज), राहुल रावल (कैलाली), मणि निरौला (झापा), आयुष बमजोम, उमंग आचार्य (हेटौंडा), योगेश श्रेष्ठ (भक्तपुर), एमडी. अदनान हलवाई, विश्व बराइली (नेपालगञ्ज), दिपेश चौधरी (धनगढी), पिन्टु सान्याल ( विराटनगर), अशोक विक (पोखरा), मनोज गुरुङ (लमजुङ), संयन्तराज घिमिरे (ललितपुर), सागर घिमिरे ( विराटनगर), सञ्जय मण्डल (जनकपुर), सरोज तामाङ मोक्तान (रसुवा), सुशान्त कुमार दास (राजविराज सप्तरी), प्रकाश चौहान (पथरी मोरङ) सिजल कपाली (ललितपुर), सन्तोष लोकसुम (झापा), आदेश प्रधान (धरान), सोहज खान (विराटनगर), सुशान्त पौडेल (पोखरा), राजेश झा (जनकपुर), विपन श्रेष्ठ (चितवन), स्वस्तिक देवकोटा (दाङ), समीर तिमिल्सिना (पोखरा), आविस्कर खड्का (बुटवल) सुभम बर्नवाल, अनिकेत प्रजापति (नेपालगञ्ज) रहनुभएको छ ।
प्रशिक्षका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी विषयको प्रशिक्षणबाट आफूलाई निखार्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो । देशभर छरिएर रहेका युवालाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न प्रतियोगिता आयोजना हुँदै आएको धमलाको धारणा छ ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा बिभिन्न गिफ्टसमेत जित्न सक्ने नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिनुभयो । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts