लभ त पार्दिम् क्या !

Bhumiraj poudel bhumiraj
Bhumiraj poudel bhumiraj
Read Time = 8 mins

सुन्ने गरेको छु पढाइ र  प्रेमको निम्ति उमेर तोकिएको छैन, तर पनि उमेर १८ कट्यो पढाइ १२ पुग्यो, हातमा नागरिकता पनि आयो अब त केटीसँग बोल्न पनि डराउनु  पर्दैन, लभ पार्दिम क्या भन्ने जोस पो चल्न थाल्यो।

हिजोसम्म घर मै बस्दा वाक्क लाग्थ्यो आजकल कसैको बिहेमा जन्त जाँदा होस् या कुनै कार्यक्रम मा सहभागी जनाउँदा होस् अब त तेरो पनि बेला भयो भनेको सुन्दा मैले पनि अरु कसैको लागि बेला भयो भन्ने पारिदिन को लागि मात्र भए पनि लभ त पार्दिम क्या ?

धेरै पछि भेटिएका आफ्नाहरुले पहिले त सानै थियौ अहिले त दारी जुङ्गा पालेर बिहे गर्ने भएछस नि बाबू भनेको सुन्दा त  उनिहरु लाई खुसी बनाइदिन को लागि भए पनि लभ त पार्दिम क्या ?

हिजो स्कुल पढ्दा क्यान्टिनमा कालो चिया पिएको पैसा तिर्न नसक्ने  साथीले  आज महंगो रेस्टुरेन्टमा  गलफ्रेनको र आफ्नो चियासँगै खाजाको बिल तिरेको देख्दा मैले पनि चिया देखि खाजा खाने हैसियत बनाउन को लागि भएपनी लभ पार्दिम क्या ?

हिजो केटाकेटीले जस्तो कुरा गर्ने दाइ आज अब त तेरो सिङ पलाउँदैन जुँगा आउँदैन बुझ्ने भैसकिस्  भनेको सुन्दा त  लाग्यो मैले  पनि मेरो अबुझपनलाई निखार्न को लागि मात्र भएपनी लभ पार्दिम क्या ?

एकजोर कपडा नफाटुन्जेल नया कपडा नकिन्ने मान्छे ले आज गलफ्रेन सग महिनैपिच्छे महल मा सपिङ गरेको देखेपछि मैले पनि महिनैपिच्छे एक जोर नया कपडा लगाउनको लागि भएपनी लभ पार्दिम क्या ?

कति सम्झाउदा पनि बच्चा ले जस्तो कुरा गर्ने अनि आफ्नो जिम्मेवारी के हो थाहा नपाउने बैनी ले आज आफुलाइ जिम्मेवारी ले दवाब दिएको कुरा सुनाएपछी  लाग्यो मैले पनि म भित्र भएको केटाकेटी पनलाई हटाउन को लागि लभ पार्दिम क्या ?

फलानोले फलानीसँग लभ गरेको रैछ भनेर हल्ला हुने ठाउँ मा मेरो पनि सानोतिनो लभ परेको चर्चा फिजाउन को लागि मात्र भए पनि लभ त पार्दिम क्या ?

हिजो कलेज पढ्दा कपिकलम किन्ने पैसा नभएर साथीसँग कापीका पाना मागेर कलेज पढेका दाइले आज आफ्नो र गलफ्रेण्डको खर्च आफैँ निकाल्छु भनेको सुन्दा मैले नि आफ्नो खर्च निकाल्नलाई मात्र भएपनी लभ त पार्दिम क्या ?

हिजो पानी पिए जसरी रक्सि पिउने जडयाहा दाइ आज इमानदार र अनुशासित भएको देख्दा म पनि अझै इमानदार र  अनुशासित बन्न भए पनि लभ पार्दिम क्या ?

धेरै मान्छे वरिपरि भएको बेला मोबाइलमा  टिङ्टिङ् म्यासेज आएपछि सबैको नजर परेका अनि च्याट गरेर बसेका दाइलाई देख्दा अब आउने दिनमा म्यासेनजरको टिङ्टिङ् आवाजले सबैको नजर म तिर पार्न को लागि भएपनी लभ पार्दिम क्या ?

काकालाइ बिदेस पठाएर  यता लभ पारेर बसेर पनि एउटा  सामान्य भिडियो कलले काकाको विस्वास मा परिरहेकी काकीलाई देख्दा मान्छे लाई भ्रम नै सत्य हो भन्ने विस्वास दिलाउनको लागि भएपनी लभ पार्दिम क्या ?

ADVERTISEMENT

हिजो अङ्ग्रेजी भन्ने के हो थाहा नपाएको भाइले आज चट्ट नेपालीमा अङ्ग्रेजी छट्ट घुसाएर गलफ्रेनसँग झट्ट बोलेको अनि लठ्ठ भएर कmक गरेको देख्दा अङ्ग्रेजी सुधार्नका लागि भए पनि लभ पार्दिम क्या ?

बर्समा एकदिन पनि होमवर्क नगर्ने साथीले कक्षा कै साथिसग लभ पारेपछि निरन्तर होमवर्क गर्ने र निरन्तर नोट बनाएको देख्दा गतिलो नोट बनाएर गतिलो पढ्नको लागि पनि मैले अब त लभ पार्दिम क्या ?

सधै खाली छु फुर्सद मा नै छु भन्नेहरु लभ परेदेखी व्यस्त छु भनेर भेटनलाइ टारेको देख्दा मैले पनि सबै लाई भेट्नुपर्ने बाध्यता जनाउदै ब्यस्तताको बहाना पाउनलाई पनि लभ पार्दिम क्या ?

अरे यार कलेजको टुर जादा त  बसमा आफ्नो नजिकको सिट बुक छ है भनेर अरुलाई बस्न नदिइ गलफ्रेन लाई बसालेर मोज गर्ने साथीलाई देख्दा मैले पनि कसैको निम्ति सिट रोकेर माया अनि सम्मान भन्ने कुरा कस्तो हुनुपर्छ भनी देखाइदिनको लागि भए पनि लभ पार्दिम क्या ?

साथीहरुले मोबाइल माग्दा  गोप्य चिज छ नचलाउ है भनेर लक चेन्ज गर्नको लागि भएपनी लभ त पार्दिनै पर्छ क्या ?

धेरै घुम्न डुल्न हुन्न भन्ने मान्छेले गलफ्रेनसँग कहिले मन्दिर त कहिले पार्क अनि कहिले सिनेमा गएर दामी दामी फोटा सामाजिक सन्जालमा राखेको देख्दा मैले पनि मन्दिर अनि पार्कको अवलोकन गरि न्यानो मायाको आभास गर्नलाई भए पनि लभ त पार्दिम क्या ?

समाजसेवी बुद्दिजिबी लेखक साहित्यकार सग बस्दा पनि लभ कै कुरा हुन्छ हो तिनिहरु सग को बसाइ मा मिठास तरिकाले कडा तर्क दिनको लागि भए पनि अब त लभ पार्दिन्छु क्या ?

जन्मदेखि मृत्यु सम्म, गीतदेखि रितसम्म लभ नै लभ ।यो लभ को बेदना बुझ्न लाई भएपनी लभ त पार्दिन्छु क्या ?
फिल्म हेर्छु गित सुन्छु सबै लभ कै बारेमा हुन्छन त्यस्तै लभ स्टोरी बनाउन को लागि भए पनि एक पटक त लभ पार्दिम क्या ?
अब त सबैले बेला भैसक्यो भनेर अताउछन बिबाह गर्न बाध्य बनाउछन हो त्यो समयमा आट निकालेर बिबाह गर्दिन्छु भन्न को लागि भए पनि लभ पार्दिम क्यार ?

लभ के होरु लभ को सग हुन्छ ? लभ कसरी हुन्छ ? लभ किन हुन्छ ? लभ को परिभासा अनि वास्तविकता के हो ? लभ का कुनै सिद्धान्त छन् कि छैनन  ? यी सबै कुराहरु को यथार्थ जान्न को लागि भए पनि लभ पार्दिम क्या ?

यति कुरा लेख्दा लभ नै नपरेको लेखक भनेर जिस्काउने  अब धेरै हुन्छन् त्यसैले लभ परेको वास्तविक कहानी भाग एक लिएर पाठकसम्म आउनको लागि भए पनि लभ त यसै पार्दिम क्या ?

-भुमिराज पौडेल
मोदि गापा ५ पर्वत

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *