स्वरुप परिवर्तन गरी चलाइएका मोटरसाइकललाई कडाइ

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकललाई कडाइ गरेको छ । स्वरूप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने र लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा मोटरसाइकल चलाइएको जनगुनासो आएसंगै जिल्ला प्रहरी कार्यालयले १२२ मोटरसाइकललाई नियन्त्रणमा लिएको सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार प्रहरी निरीक्षक रामकुमार केसीको नेतृत्वमा गत असार महिनादेखि अभियान नै सञ्चालन गरेर ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीलाई नियन्त्रण गर्नका लागि विशेष अभियान थालिएको छ । स्वरुप परिवर्तन गरी समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने, साईलेन्सर पाईपबाट आगो समेत निकाल्ने गरी स्वर बिगारेका, मापदण्ड विपरीत सानो अक्षरमा लेखिएको नम्बर प्लेट राखिएका, रंगीचंगी स्टिकर, ब्लुबुकमा उल्लेख गरेभन्दा फरक रंग बनाई सवारी चलाउने, सिट हाईट बढाएका त्यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

ADVERTISEMENT

नियन्त्रणमा ल्याइएका सबै मोटरसाइकललाई वास्तविक स्वरुपमा ल्याउन लगाइ सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको छ । सवारी नियम उल्लंघन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो । सवारी चेकजाँचको क्रममा ब्लुबुक नवीकरणको म्याद नाघेको विभिन्न २७ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई नवीकरणका लागि कानुनी दायरामा ल्याइएको छ । पछिल्लो समय सवारी जेकजाँचलाई तीब्रता दिइएको हुँदा मापसे गरी सवारी साधन चलाउनेहरुमा कमी आएको बताइएको छ ।

ट्राफिक नियम पालना गर्ने कार्यलाई प्रोत्साहित गर्न स्थानीय विद्यालयहरु, नेपाल स्काउटसंग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतनामूलक कार्यक्रम गर्नुका साथै ट्राफिक प्रहरी सँगको संयुक्त सवारी चेकजाँच कार्यलाई तीब्रता दिइएको छ । त्यस्तै, रातको समयमा हिडडुल गर्ने किशोर किशोरीहरुको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी सम्झाई बुझाई गर्दै अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज