काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजार ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् भने ४८ प्रतिशत अर्थात एक लाख ८७ हजार २१ जना विद्यार्थीको ननग्रेडिङ (एनजी) आएको छ ।
परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् ।त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेकाे परीक्षा बोर्डले जनाएकाे छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए ।






