काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’मा अभिनय गर्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गर्नुभएको छ । रेडियो नेपालको स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गर्नुभएको हो ।
अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा उहाँको पनि डबिङ गर्ने निर्देशक रमित ढुंगानाले जानकारी दिनुभयो । यो चलचित्रमा एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय छ । यस्तै सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहनुभएको छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनर्सिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय पनि छ । यस्तै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि अभिनय यस चलचित्रमा छ । नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन चलचित्रमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts