एजेन्सी । फ्रेन्च विंगर मोउसा डियाबी साउदी प्रो लिग क्लब अल इत्तिहादमा अनुबन्ध हुनुभएको छ । डियाबीलाई इंग्लिस क्लब एस्टन भिल्लाबाट भित्र्याउन अल इत्तिहादले पाँच करोड पाउण्ड खर्च गरेको छ । क्लब र डियाबीबीच पाँच वर्षको सम्झौता भएको छ ।
२५ वर्षीय डियाबी गत वर्ष जर्मन क्लब बायर लेभरकुसनबाट भिल्ला पार्क आउनुभएको थियो । क्लबका लागि उहाँले सबै प्रतियोगिताका ५४ खेलमा १० गोल गर्नुभएको थियो । उहाँले टोलीलाई च्याम्पियन्स लिगमा छनोट गराउन महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । एजेन्सी ।






