काठमाडौं । यो वर्षको शोभा अर्जुन संगीत पुरस्कार गायिका कोपिला गौतमलाई प्रदान गरिने भएको छ । नेपाली लोक संगीत तथा लोक दोहोरी विधामा करिब २० वर्षदेखि गौतमले योगदान पुर्याउँदै आउनु भएको छ ।
शोभा अर्जुन संगीत कोषको तर्फबाट प्रदान गरिने पुरस्कारको राशी २०,००० रहेको छ । उक्त पुरस्कार यहि साउन ११गते प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७१औं जन्मजयन्ती को अवसरमा प्रदान गरिने भएको हो ।

गायिका गौतमको स्वास्थ्य अवस्थाको प्रतिकुलताका कारण उक्त पुरस्कार उहाँको निवासमा नै प्रदान गरिने भएको कोषले जनाएको छ ।
उहाँले प्राध्यापक तिवारीसँग ललितकला क्याम्पसमा उहाँको विद्यार्थीको रुपमा नेपाली लोक संगीत अध्ययन गर्नुभएको थियो । गायिका गौतम विगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।






