ओखलढुंगा । ओखलढुंगाका स्थानीय कांग्रेस नेता कृष्णबहादुर कटवालको निधन भएको छ । जिल्लाको साविक च्यानम गाविस-८ का पूर्ववडाअध्यक्ष कटवालको निधन भएको हो । कटवालको निधनमा कांग्रेस जिल्ला कार्यसमितिले दुःख व्यक्त गरेको छ ।
जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिका प्रमुख तेजन खनाल (तेजेन्द्र)ले कटवालको निधनले कांग्रेस जिल्ला कार्य समिति एवं सिद्धिचरण नगरपालिका परिवार अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।
दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ स्व.कटवालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति गरुन् भन्दै उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts