
काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली पारा तेक्वान्दो खेलाडीलाई शुभकामनासहित बिदाई गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा पारा तेक्वान्दो खेलाडी तथा टिम अफिसियलहरूलाई बिदाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालको पनि उपस्थिति थियो ।
आगामी फ्रान्सको पेरिसमा हुने पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन टोली संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा जाँदैछ । म्यान्चेस्टर शहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा जुलाई २५, २०२४ देखि अगस्ट २३ सम्म ‘पारालम्पिक प्रिपेरेसन क्याम्प’ मा टोलीले सहभागीता जनाउनेछ । टोली आज(बुधबार) त्यसतर्फ प्रस्थान गर्दैछ ।
उक्त वैदेशिक प्रशिक्षण पश्चात पेरिस २०२४ पाराओलम्पिक गेम्स्मा सहभागी हुन टोली २३ अगस्टमा म्यान्चेष्टरबाट फ्रान्स् प्रस्थान गर्ने कार्यक्रम रहेको छ । खेलाडी भरत सिंह महताको २९ अगस्टको दिन के-४४, पुरुष ५८ के.जी मुनि तौल समूहमा र खेलाडी पलेशा गोवर्धनको ३० अगस्टको दिन के-४४, महिला ५७ के.जी मुनि तौल समूहमा प्रतिस्पर्धा हुने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच