काठमाडौं । कवि तथा गीतकार अमरदीप सुनुवारको तीज गीत ‘गाउँदेखि शहर’ सार्वजनिक भइएको छ । अशोक मुकारुङको संगीत र मनमाबी राईको स्वर र राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङले रेकड र मिक्सिङ गर्नुभएको हो ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतको भिडियोमा नायीका प्रियंका कार्कीको मुख्य अभिनय छ । सौरव लामाको छायांकन, प्रिया रोकायको शृंगार रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
कवि तथा गीतकार अमरदीप सुनुवार नेपाल सरकारको उपसचिव पदमा रहेर कुशल प्रसाशकको भूमिका बहन गरिरहनु भएको छ । उहाँ ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालेर केही दिन केही दिनअगाडि गृहमन्त्रालय सरुवा भाई हाल त्रिभुवन अन्तर्रास्ट्रिय विमान स्थलमा कार्यरत हुनुहुन्छ ।
आफ्नो कार्य व्यस्ततासँगै गीत, कविता, फुटकर लेखहरू लेख्दै आउनुभएका सुनुवार हाल कवितासंग्रह ‘पृथ्वीको स्वेतपत्र’ प्रकाशनको अन्तिम चरणको तयारीमा जुटिरहनुभएको छ ।






