कोलम्बिया । कोलम्बिया फुटबल फेडेरेसनका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनलमा भिड नियन्त्रण गर्नेक्रममा झडप भएपछि रामोन जेसुरुन र उनका छोरा रेमन जामिल जेसुरुनलाई पक्राउ गरिएको हो ।
हार्ड रक स्टेडियममा सुरक्षा गार्डसँग झगडा गरेको सहित तीनवटा जघन्य अपराध गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको मियामी प्रहरीले जनाएको छ । सन् २०१५ देखि कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रहेका ७१ वर्षीय रामोन दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलका उपाध्यक्ष हुन् । एजेन्सी ।






